पचली भैरवको लिङ्गो ढालियाे

काठमाडौँ- पचली भैरवको लिङ्गो शनिबार ढालिएको छ । विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा अन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिङ्गो ठड्याइएको थियो भने जात्रा अन्तर्गत शनिबार उक्त लिङ्गो ढालिएको हो ।
आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुन सुरु गरिएको थियो । पचली जात्रा सम्पन्न भएको प्रतिकको रुपमा लिङ्गो ढाल्ने गरिएको स्थानीय कुमार रञ्जीतले जानकारी दिए ।
यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ । पचली भैरव एक मुख्य शक्तिपीठ मध्ये एक हो । राजाहरूलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया