लुम्बिनीमा रुसले प्राचीन गुम्बा बनाउँदै
बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण हुने भएको छ । रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण हुने भएको हो । रुसका बौद्धमार्गीहरूको पहल र प्रयासमा उक्त संरचना निर्माण हुनेछ । त्यसका लागि केही दिनअघि मात्र लुम्बिनीमा भूमि पुजन गरिएको लु्म्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
उनका अनुसार रसियामा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको कम्पनीको मुख्य प्रायोजनमा मन्दिर निर्माण हुने भएको हो । रुसी दूतावासमार्फत् लुम्बिनी विकास कोषसँग सम्झौता सम्पन्न भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ । यसमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेका छन् ।
बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुनेगरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका छन् । विकास कोषका अनुसार, ४० वटा देश तथा संघ संस्थालाई संरचना निमार्णका लागि सम्झौता भएको हो । झण्डै १२ प्रतिशत जनसंख्या बौद्धमार्ग भएको मुलुक रुसले अबको २ वर्षमा मन्दिर निर्माण गर्ने जनाएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Si95gpUKZz_idegtdj4dbwxsb7fcyv2yo0npcf0f7r7fbn0uq14g1l4ocx1kftghbwdkzov.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया