बजेट कार्यान्वयनमा सरकार दृढ छ: अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेरै छाड्नेमा आफू दृढ रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट छलफल’ सरकारले आगामी आर्थिक वर्षका लागि संवैधानिक व्यवस्था अनुसार नै बजेट प्रस्तुत गरेको भन्दै विद्यमान आवश्यकतालाई मध्यनजरी गरी बजेट प्रस्तुत गरेको बताए ।
अर्थमन्त्री पौडेलले आलोचनामा केन्द्रीत भएका टीप्पणीहरू सुन्दा बजेट राम्रो रहेको तर कार्यान्वयनमा शंका व्यक्त भएको भन्दै उनले यो बजेट सुनाउनमात्र नभएर कार्यान्वयन गरेरै छाड्ने दृढ संकल्पका साथ बजेट ल्याएको उल्लेख गरे।
‘आज कोभिड–१९ सँग सिङ्गो विश्व लडिरहेको छ, नेपाल पनि यो महामारीको सामना गरिरहेको छ । यी चुनौतीलाई सामना गर्दै कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार तथा खोपको शीघ्र प्रबन्ध गरेर आम नागरिकको जीवन रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी हाम्रो पहिलो प्राथमिकता हो,’ अर्थमन्त्रीले भने, ‘जसरी हामी दक्षिण एसियामा खोप अभियान सुरु गर्ने दोस्रो मुलुक भएका थियौं । अब छिटो खोप दिलाउने पनि अग्रपंक्तिकै देश हुनेछौं ।’
अर्थ मन्त्रालयमा आयोजित बजेटपछिको छलफलमा अर्थमन्त्री पौडेल (बायाँ) र अर्थसचिव शिशिरकुमार ढुङ्गाना
उनले कोभिड–१९ प्रभावित नागरिक र व्यवसायलाई राहत र सहुलियत प्रदान गर्दै अर्थतन्त्रको पुनरुत्थानलाई अधिकमत महत्व दिएको उनको भनाइ थियो । अर्थतन्त्रमा अभूतपूर्व चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन र गतिशील तुल्याउने सोच बजेटले अघि सारेको अर्थमन्त्रीले दोहोर्याए । अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने पनि दाबी गरेका छन् ।
‘म दोहोर्याएर भन्छु, यो बजेट कार्यान्वयन हुन्छ,’ मन्त्री पौडेलले भने, ‘भोलिदेखि नै हामी बजेट कार्यान्वयनका लागि मन्त्रालयहरूसँग छलफल शुरु गर्छौं ।’ उनले बजेटमा निर्वाचनका लागि बजेट विनियोजन नभएको भन्ने टिप्पणी सत्य नभएको बताए । आउने निर्वाचन स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्नेगरी सरकारले सम्पूर्ण सामथ्र्य परिचालन गर्ने भन्दै मन्त्री पौडेलले निर्वाचनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।
‘निर्वाचन लोकतन्त्रको प्राण हो । लोकतान्त्रिक ढङ्गले मात्र राजनीतिक दलहरू शासन सत्तामा पुग्छ,’ उनले भने, ‘निर्वाचनका लागि आवश्यक पर्याप्त बजेट विनियोजन गरिएको छ ।’ अर्थ मन्त्रालयले निर्वाचनको बजेट अहिले नै निर्वाचन आयोग र सुरक्षा निकायको शीर्षकमा विनियोजन नगरेकाले उक्त टिप्पणी भएको थियो । मन्त्री पौडेलले अर्थ विविधमा यस्ता अत्यावश्यक कामको लागि बजेट छुुट्याइएको भन्दै आवश्यकता अनुसार निर्वाचन आयोग र सुरक्षा निकायलाई बजेट दिइने उल्लेख गरेका छन् ।

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया