चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्टहरू बन्द गराएको बताए । कन्सर्टहरू बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरू आरामसाथ निदाउन पाएको उनले उल्लेख गरे । उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताए ।
उनले भने, ‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ, भालु आनन्दले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयामहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’
मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूना स्तरको बनाउने बताए ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया