प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दा-हेर्दैमा

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा भोलि पनि सुनुवाइ हुने भएको छ । आज आइतबार पनि न्यायाधीशमाथि प्रश्न उठेको विषयमा बहस नसकिएपछि संवैधानिक इजलासको सुनुवाइ भोलि पनि हुने भएको हो ।
आजको इजलासमा पनि रिट निवेदकतर्फका वकिलहरूले न्यायाधीशहरु बमकुमार श्रेष्ठ, तेजबहादुर केसी संवैधानिक इजलासमा बस्न नहुने भन्दै आपत्ति जनाएका थिए । अधिवक्ताहरुले न्यायाधीशको विषयमा प्रश्न गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश वकिलले छान्ने होइन भन्ने प्रतिप्रश्न पनि गरेका थिए ।
सर्वोच्च अदालत प्रशासन स्रोतले न्यायाधीशद्वय श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्नेबारे भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ हुने बताएको छ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया