‘रेस्क्यू म्युजिक अवार्ड’ १७ विधामा, हरेक विधाका विजेतालाई ५ हजार नगद

काठमाडौं : रेस्क्यू क्रियसनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय क्रियसनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।
संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्टाको मेहनतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौं । त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौं’, अधिकारीले भने ।
आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेन्डिङ लिरिसिस्ट(पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ म्युजिक कम्पोजर (पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ म्यूजिक एरेञ्जर(पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ मेल भोकल (पप\मोडर्न\फिल्म)’, ‘आउटस्टेन्डिङ फिमेल भोकल (पप\मोडर्न\फिल्म)’ छन् ।
त्यस्तै ‘आउटस्टेन्डिङ लोकदोहोरी भोकल (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ लोकदोहोरी लिरिसिष्ट (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ लोकदोहोरी मेलोडी (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ मेल आर्टिष्ट (पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ फिमेल आर्टिष्ट (पप\मोडर्न\लोकदोहोरी)’ छन् ।
यसैगरी ‘आउटस्टेन्डिङ म्युजिक भिडियो सिनेमाटोग्राफर(पप÷मोडर्न÷लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्यूजिक भिडियो एडिटर(पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्युजिक भिडियो कोरियोग्राफर (पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्यूजिक भिडियो डिरेक्टर (पप\मोडर्न\लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ म्युजिक भिडियो अफ द इयर (पप\मोडर्न\लोकदोहोरी)’ छन् ।
अवार्डमा ‘आउटस्टेन्डिङ होस्ट इन ए टक सो’ र ‘आउटस्टेन्डिङ होस्ट इन ए न्यूज एंकर’ विधा छन् । समनका अनुसार अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्याउनेलाई दिनेछौं’, समनले भने ।

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

प्रतिक्रिया