विश्वकप क्रिकेटमा न्यूजिल्यान्डको चौथोँ जित

काठमाडौँ- न्यूजिल्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानलाई एक सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
यसजितसँग न्यूजिल्यान्डले प्रतियोगितामा लगातार चौथोँ जित दर्ता गराएको छ । न्यूजिल्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो ।
जितका लागि दुई सय ८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए ।
उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै बुधबारमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।
न्यूजिल्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन/तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै म्याट हेनरीले १ विकेट झारे । त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल बनायो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।
अफगानिस्तानका बुधबारमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई/दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक/एक विकेट झारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया