कोर्टप्रति विश्वास छ, तर प्रश्न उठ्यो : शम्भु थापा

काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका न्यायाधीशमाथि विश्वास भएको बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले न्यायाधीश छान्ने अधिकार अधिवक्तालाई नभएको भन्दै टिप्पणी गरेपछि उनले यस्तो बताएका हुन् ।
यो विषयमा हरेक अधिवक्ताले प्रश्न उठाइरहेका छ्न । इजलासमा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता थापाले न्यायाधीशमाथि विश्वास भएको तर प्रश्न उठेकाले बहस लम्बिएको बताएका हुन् । ‘कोर्टको विश्वास नभएर होइन, प्रश्न उठेका कारणले यो बहस भैरहेको हो । हो, न्यायाधीस छान्ने अधिकार प्रधानन्याायधीशलाई छ ।’
कानुन व्यवसायी मिथलेश कुमार सिंहले बहस गरिहरेका बेला प्रधानन्यायाधीशले ‘तपाईंहरुलाई न्यायाधीश छान्ने अधिकार छैन’ भनेपछि यो विषयमा बहस भइरहेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया