नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दिगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
मेरियट होटल काठमाडौँमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरूको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरण सम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् ।
सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापनमा ५ दिने तालिम
इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापनसम्बन्धी ५ दिने तालिम पनि केही दिन अघि मात्र सम्पन्न भएको छ ।
चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौँमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द्व व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौं पेपरहरू प्रिजेन्टेसन गरिएको थियो ।
उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई इप्पानका सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् ।
इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया