कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

काठमाडौँ- नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।
पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए । कांग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए ।
महामन्त्री पदमा मनोनयन गरेपछि अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वास समेत लिएको सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् ।
दसैँलगत्तै पोखरामा वृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया