कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति भएका मुख्यमन्त्री कार्कीले उपधारा (४) बमोजिम प्रदेश सभामा विश्वासको मत मागेका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा विषम परिस्थितिमा नयाँ अवस्था सृजना भएकोले आफू मुख्यमन्त्री बन्न सफल भएको बताए । उनले सबै प्रकारका आन्दोलनको भावनाबाट आफू नेतृत्वको सरकारले काम गर्ने बताए ।
सबै मिलेर प्रदेशवासीको आकांक्षा पूरा गर्ने बेला आएको बताए । समयमा ऎन कानुन निर्माण गर्न अब संघीय सरकारले तदारुकता देखाउनु पर्ने, खल्तिबाट योजना निकालेर प्रदेशलाई कमजोर पार्ने कुराको अन्त्य, प्रदेशलाई मध्यावधिमा जान रोक्नका लागि विश्वासको मत दिन आग्रह गरे ।
प्रदेशका सांसदले सरकार र मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई आफुले सहज रुपमा स्विकार गर्ने आश्वास्त पार्न खोजे ।
आफ्नो कार्यकालमा प्रदेश सभामा प्रश्नोत्तर सामना गर्न तयार रहेको बताए ।

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

तीन घरमा हात्तीले गर्यो क्षति

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

प्रतिक्रिया