मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे विभत्स हत्या

सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् । ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ ।
मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भइ मुसीकोट नगरपालिका १ छिङस्थित माईती घरमा बस्दै आएकी २८ वर्षिया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या विभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताए ।
प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ । महिलाको घाँटीको भाग आधा भन्दा बढी छिनाईएको छ ।
प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको हाे ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन ।
घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक बिष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया