प्रदेश-१ : बजेट अधिवेशनबारे विपक्षीद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण

विराटनगर : प्रदेश-१ का विपक्षी दलहरूले अविलम्ब बजेट अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । आज नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका विपक्षी दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
प्रदेशको बजेट सार्वजनिक गर्ने मिति नजिकदै जादा प्रदेशका विपक्षी दलहरु बजेट अधिबेशनको माग गरी रहेका छन् भने प्रदेश सरकार मौन छ । विपक्षी दलहरूले संविधान सम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन प्रदेश प्रमुख प्यासीको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सरकारले कोभिड-१९ को बाहना बनाएर प्रदेशको बजेट अधिवेशन बोलाउन आलटाल गर्दै पूर्वबजेट छलफलसमत नगर्ने बरु अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको दलहरूको आरोप छ । प्रदेश कानुनमा असार एक गते बजेट ल्याउने पर्ने व्यवस्था छ । ‘विधि र प्रकृयागत ढंगले बजेट आउनु पर्छ भन्ने हाम्रो माग हो’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले भने, ‘सरकारले सदनलाई छलेर बजेट ल्याउन पाइदैन ।’
कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखको जिम्मेवारी संविधानको पालना गराउने भएकोले प्रदेशको बजेट असार एक गते प्रदेश सभाबाटै प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
विपक्षी दलहरु प्रकृयागत ढंगले अघि बढेको भन्दै पहिले सरकारलाई ध्यानाकर्षण गराएको तर यो पटक प्रदेश प्रमुख समक्ष आएको कार्कीले वताए ।
नेकपाका माओवादी केन्द्रका सांसद विजय विश्वासले बजेट सदनबाट आउनु पर्ने आफूहरूको माग रहेको बताए । बजेट अधिवेशन बोलाउन प्रदेश पमुखले सरकारसमक्ष आग्रह गर्न विपक्षी दलले सुझाव पनि दिएका छन् ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया