छेडागाड नगरको खर्चमा व्यक्तिको घरमा जोडिएको इन्टरनेट काटियो, १० लाख बढी जोगियो

जाजरकोट- छेडागाड नगरपालिकाका कर्मचारीले पालिकाकै रकमबाट व्यक्तिगत रुपमा चलाइरहेको इन्टरनेट सेवा बन्द गरिएको छ ।
यसरी ११ ठाउँमा जोडिएका व्यक्तिगत इन्टरनेट सेवाहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बन्द गराइदिएका हुन् ।
अब पालिकाभित्र नगरप्रमुख रत्नबहादुर खड्का , उपप्रमुख चन्द्र थापा , लेखा शाखा , प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्य ठाउँमा इन्टरनेट सेवा नचल्ने भएको छ । पालिकाको खर्चमा व्यक्तिगत प्रयोजनका लागि सरकारी रकमबाटै इन्टरनेट चलाएर मासिक भारी रकम खर्च हुँदै आएको थियो । अब इन्टरनेटमा मात्र झण्डै १० लाखभन्दा बढी बचत हुने भएको छ । सबै निजी रुपमा चलाइरहेका कर्मचारीबाट राउटर फिर्ता मागिएको छ ।
खाजा, नास्ताका लागि असोज २९ गते सूचना प्रकाशित गरिएको छ । सस्तोमा जसले नगरपालिकालाई नास्ता उपलब्ध गराउँछ, उसैले नास्ता उपलब्ध गराउने गरी खुल्ला प्रतिस्पर्धाबाट काम हुने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । कर्मचारीले जथाभावी गरिरहेको इन्धन सेवालाई समेत कडाइका साथ लिई कुपन सेवा उपलब्ध गराएको छ । मदिरा सेवन गरी हो हल्ला गर्ने बिकृती बढेकोले त्यसलाई रोक्न सामुहिक प्रतिबद्धता समेत गराएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया