थापाथलीमा जिउँदो खसी प्रतिकेजी ६७०, च्याङग्रा १२ सय ६० रुपैयाँ

काठमाडौं- काठमाडौंमा जिउँदो सरकारी खसीको मुल्य ६८० रुपैयाँ पर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीबाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो ।
सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि बितरण गरिनेछ ।
सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गरिने छ । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैँयामा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् ।
यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

प्रतिक्रिया