क्रिकेट विश्वकपः जितविहीन रहेका अस्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आज जितविहीन रहेको अस्ट्रेलिया र श्रीलंकाबीच खेल हुँदैछ ।
अस्ट्रेलिया र श्रीलंकाबीचको खेल लखनऊस्थित भारत रत्न श्री अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।
जारी विश्वकपमा श्रीलंका र अस्ट्रेलियाले यसअघि खेलेका दुवै खेलमा पराजय भोगिसकेका छन् । त्यसैले आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
यसअघि आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको थियो ।
अफगानिस्तानले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४० ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय १५ रनमात्र बनाउन सक्यो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया