च्याङ्ग्राको मूल्य सस्तोमा ५० हजार

बलेवा (बागलुङ)- नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय कुखुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।
हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा रु आठदेखि दश हजार मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष रु ४० हजारसम्म पाइएको च्याङ्ग्रा यो वर्ष रु ५० हजार बढी पर्ने व्यवसायी बताउँछन् । तर यस दसैँमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन ।
चीनबाट मुस्ताङको बाटो हुँदै आउने च्याङ्ग्रा यो वर्ष नेपाल भित्रिएनन् । कोरला नाका नखुलेकाले चीनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मूल्य बढेको व्यवसायी बताउँछन् । “दसैँअघिकै भाउमा स्थानीय खसीबोकाको कारोबार भएको छ, बजारमा एक किलो स्थानीय खसीको मूल्य रु एक हजार एक सय छ, जुन मूल्य अघिल्लो दसैँमा पनि थियो”, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका तिलक पौडेलले भने, “कुखुरा र च्याङ्गाको मूल्य बढे पनि स्थानीय खसीबोकाको मूल्यमा खास वृद्धि भएको छैन ।
खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिँदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ । “च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दसैँका बेला ओझेलमा पर्छन्”, जैमिनीकै किसान भीम शर्माले भने, “व्यावसायिक उत्पादनमा लागेका किसानलाई समस्या छ ।”
भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मनिर्भर छ । आव २०७८/०७९ को तुलनामा २०७९/०८० मा बाख्राको उत्पादन मात्रै १ दशमलव ३३ प्रतिशतले बढ्दो छ । २०७८/०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९/०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्याङ्क छ । भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा ० दशमलव ३३ प्रतिशतले उत्पादन बढेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो ।
दसैँमा भैँसी, राँगा, बङ्गुर हाँस र खरायोलगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ । “पहिले दसैँका बेला मधेसबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन्”, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने, “स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो ।” स्थानीय उत्पादन वृद्धि हुँदा दसैँको बेला जिल्ला बाहिर जाने लाखौँ रुपैयाँ बाहिरिनबाट जोगिएको उनको धारणा छ ।

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
एक सय रोपनीमा अकबरे खुर्सानी खेती
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_aavPUXLqWb_a0n12sk358tithj3wjhnyr55zkoylnrejrkrutsx3zv1bynllm7mwoxnavf4.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

प्रतिक्रिया