शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

आजदेखि पेट्रोल ११ तथा डिजेल ५ रुपैयाँ सस्तोमा पाइने

काठमाडौं- आजदेखि घटेको मूल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ ।

नेपाल आयल निगमले गए राती १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सस्तोमा पाउन लागिएको हो ।

आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । 

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो ।