'गाजा युद्धको पहिलो हप्तामा अनुमानित १० लाख मानिस विस्थापित'

जेरुसेलम - संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ ।
युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भने, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।
प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुर्याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”
गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।
इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया