कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ
एमालेबाट राना र कांग्रेसको विद्रोही समूहका राई मन्त्री नियुक्त

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्तिका लागि शनिबार सनाखतका लागि तोकेको समयमा कार्कीको पक्षमा बहुमत सङ्ख्या ४७ सांसदले हस्ताक्षर गरेका थिए ।
मुख्यमन्त्री केदार कार्कीले उनलाई साथ दिएका नेकपा एमालेको तर्फबाट राम राना र काङ्ग्रेसको विद्रोही समूहका शम्शेर राईलाई मन्त्री नियुक्त गरेका छन् । दुवै जना बिनाविभागीय मन्त्री तोकिएका हुन् । उनीहरूलाई पनि प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराएका छन् । मन्त्री बनेका राना र राई दुवै इलामका हुन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया