कोशीमा कांग्रेसको विद्रोही समूहबाट शम्शेर राई मन्त्री बन्ने, एमालेले रानासहित दुई मन्त्री पठाउन सक्ने

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेसको विद्रोही समूहका शम्शेर राईलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
आफूलाई साथ दिएका कांग्रेसका ८ जना सांसदहरू मध्येबाट मुख्यमन्त्री कार्कीले उदयपुरका रामकुमार खत्री र इलामका राई मध्येबाट मन्त्री बनाउने तयारी गरेर नेतृत्वसँग परामर्श गरेका थिए । कार्कीले नेतृत्वको सल्लाह अनुसार खत्रीको साटो राईलाई मन्त्री बनाउने तयारी गरेको जनाइएको छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन ३९ सांसदसहित साथ दिएको एमालेबाट पनि इलामकै राम राना मन्त्री बन्ने निश्चित भएको हो । एमाले स्रोतले रानासहित थप एक मन्त्री पनि पठाउन सक्ने गरी छलफल भइरहेको जनाइएको छ ।
काठमाडौँबाट आइतबार दिउँसो फर्किएलगत्तै मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग छलफल गरेका थिए । एमालेबाट रानाको नाम टुंगो लागेको छ भने अर्को व्यक्तिबारे छलफल चलिरहेको स्रोतको भनाइ छ ।
मुख्यमन्त्री कार्कीलाई अहिले प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् । उनको शपथ सकिएपछि प्रदेश प्रमुख खापुङ्गले मन्त्रीहरूलाई शपथ गराउने तयारी छ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया