आस्था राउतको नयाँ गीत आयो है ‘लै बरि लै’

काठमाडौँ - ‘झुम्के बुलाकी’ गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैँ मोडलिङ पनि गरेकी छिन् ।
‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गरेकी छिन् ।
सावित्री राउतको शब्दमा सुरेश अधिकारीले संगीत भरेको गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ । गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शक पाउने विश्वास व्यक्त गरिन् ।
‘देश विदेश जताततैबाट नकारात्मक खबर आएको समयमा यस्ता गीतले हामीमा नयाँ उर्जा भरुन् भन्ने उद्देश्यले अलि रमाइलो शैलीको गीत गाएकी हुँ । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ ।
केही गीतका भिडियोमा लिपसिङमा मात्र देखिने गरेकी आस्थाले यो गीतमा आफैँ मज्जाले नाचेकी पनि छिन् । उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् । गीतको भिडियो किरण थापाले निर्देशन गरेका हुन् । भिडियोमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कन्चन श्रेष्ठ आदिले पनि उपस्थिति देखाएका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया