क्रिकेट विश्वकपः अफगानिस्तानले आज इंग्ल्यान्डको सामना गर्दै

काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत आज अफगानिस्तानले इंग्ल्यान्डको सामना गर्दैछ ।
अफगानिस्तान र इंग्ल्यान्डबीचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।
विश्वकपअन्तर्गत अफगानिस्तान र इंग्ल्यान्ड दुवैले तेस्रो खेल खेल्दैछन् । इंग्ल्यान्डले अघिल्ला दुईमध्ये एक खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको थियो ।
यता अफगानिस्तानले भने दुवै खेलमा पराजय भोगेको छ ।
यसअघि शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो । पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर ३० ओभर ३ बलमै पूरा गरेको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया