इजरायलमा रहेका नेपालीहरूलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ - इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीहरूलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै दूतावासले पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेकोले स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको हो ।
'इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
स्वदेश फर्कन चाहनेहरूले दूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य रुपमा भर्न र निश्चित रोजगारदाता नभएका नेपाली नागरिकहरूले पनि उल्लेखित अनलाइन फर्म भर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासमा जानकारी गराउन भनिएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया