कोशी सरकार निर्माणपछि राजेन्द्र लिङ्देनले भने : हामी विपक्षमा

काठमाडौं - कोशी सरकार निर्माण प्रक्रियाका बारेमा क्रिया प्रतिक्रिया आइरहेको छन् । कार्की नियुक्त हुने बित्तिकै नेपाली काँग्रेसका शेखर कोइराला पक्षधरले सत्तारूढ गठबन्धन कायमै राख्ने र थप मजबुत बनाउने सम्झौता गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', सभापति शेरबहादुर देउवा र कोइरालाबीच भएको लिखित सहमति अनुसार गठबन्धन नटुट्ने बरु थप बलियो बनाउने सम्झौता भएको हाे । यसले राजनीतिमा थप रोचक मोड लिएको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा प्रतिपक्षमा बस्ने जनाएका छन । नेकपा एमालेका समर्थनमा कांग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष लिङ्देनले राप्रपा विपक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमीफिरी त्यही बाटोबाट सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,’ उनले भनेका छन्, ‘अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं, हामी विपक्षमा ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया