इजरायली चेतावनीपछि प्यालेस्टाइनीहरूले दक्षिणी गाजापट्टी छाड्न थाले

गाजापट्टी- हमास र इजरायलबीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ।
अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरूलाइ चेतावनी दिएको थियो । सो लगत्तै प्यालेस्टाइनीहरू दक्षिण गाजातर्फ सरेका हुन् ।
समाचार अनुसार इजरायलले ११ लाख मानिसहरूलाई उक्त ठाउँ छोड्न चेतावनी दिएको थियो तर हमासले इजरायली चेतावनीलाई झुटो प्रचार भनेको छ र मानिसहरूलाई कतै नजान आग्रह गरेको छ।
इजरायलले गाजा नजिकै करिब तीन लाख सैनिक तैनाथ गरेको कारण युद्ध थप आक्रामक बन्दै गएको देखिन्छ । इजरायली ट्याङ्कहरू पनि गाजा नजिक तैनाथ गरिएको छ।
हिजो शुक्रबार विज्ञप्तिमार्फत इजरायली सेनाले भनेको थियो, ‘पहिलो पटक गाजा पट्टी भित्र भू-सेनाहरू सक्रिय छन्।' सेनाले इजरायली सेनाले आतंकवादीहरूसँग लड्न, हतियार नष्ट गर्न र हमासलाई नष्ट गर्न काम गरिरहेको बताएको छ।
र, गाजा बेपत्ता बन्धकहरूको बारेमा प्रमाण खोज्नका लागि इजरायलले प्रयास गरिरहेको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया