मकवानपुरको बकैयामा विषालु च्याउ खाँदा ६ जना बिरामी

मकवानपुर- मकवानपुरको बकैयामा विषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नं.३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना बिरामी परेका हुन् ।
शुक्रबार दिउँसो घर नजिकै उम्रेको च्याउ पकाएर खाँदा २ परिवारका ६ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । च्याउ खाँदा बिरामी हुनेमा स्थानीय ७० वर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ वर्षीया ठूलीमाया भोलन, उनको छोरा २६ वर्षीय गंगालाल भोलन, ३० वर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० वर्षीया सम्झना रुम्बा र उनको भाउजू ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन् ।
बिरामीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया