बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

विद्युतीय होम अप्लायन्स खरिदमा प्रोत्साहन, कुन-कुन वस्तुको कर घट्यो ?

काठमाडौँ : सरकारले मुलुकमा विद्युत्को आन्तरिक खपत बढाउनका लागि घरायसी उपकरण (होम अप्लायन्स)हरूको आयातमा भन्सार महसुल छुट लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अध्यादेशमार्फत होमअप्लायन्स आयातमा भन्सार महसुल छुट दिएको हो ।

इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ भने रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ ।