‘दुर्गममा अक्सिजन कन्सेन्ट्रेटर बाड्दैछौँ, चाहियो भने फोन गर्नुहोला’
काठमाडौँ : राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले दुर्गम जिल्लाका अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर बाड्न लागेको बताएका छन् । शनिबार बेलूकी केन्द्रमा ११२ वटा अक्सिजन कन्सेन्ट्रेटर आइपुगेको भन्दै तत्कालै आवश्यकता भएका ठाउँमा प्राथमिकता हेरेर दुर्गम ठाउँमा बाड्न लागिएको बताएका हुन् ।
आफ्नो अस्पतालको अवस्थाबारे जानकारी दिन र प्राथमिकता अनुसार कन्सेन्ट्रेटर बाड्न लागिएको उनको भनाइ छ । पाँच लीटरको १०० वटा र १० लीटरको १२ वटा अक्सिजन कन्सेन्ट्रेटर केन्द्रमा आइपुगेको उनको भनाइ छ । तर उनले मूल्य भने खुलाएका छैनन ।
‘राष्ट्रिय आविष्कार केन्द्रमा आज बेलुकी अक्सिजन कन्सेन्ट्रेटर आईपुग्यो’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘तत्कालै अति आवश्यकता भएको दुर्गम ठाउँहरुमा प्राथमिकताको आधारमा बाडिँनेछ । ९८४१५९२३६१ मा फोन गरेर तपाईको अस्पतालको अवस्था जानकारी दिनुहोला।’
पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै जाँदा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको माग बढ्दो छ ।
राष्ट्रिय आविष्कार केन्द्रमा आज बेलुकी १०० वटा अक्सिजन कन्सेंट्रेटर ५ लिटर को र १२ ओटा १० लिटरको आईपुग्यो। तत्कालै अति आबश्यकता भएको दुर्गम ठाउँहरु मा प्राथमिकताको आधारमा बाँडिने छ। सम्पर्क - 9841592361 मा फोन गरेर तपाइंको अस्पतालको अवस्था जानकारी दिनु होला।🙏🙏🙏 pic.twitter.com/43HFqYZ9my
— Mahabir Pun (@MahabirPun) May 29, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया