क्रिकेट विश्वकपः न्यूजिल्यान्ड र बंगलादेश भिड्दै

काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शुक्रबार न्यूजिल्यान्डले बंगलादेशको सामना गर्दैछ ।
न्यूजिल्यान्ड र बंगलादेशबीचको खेल चेन्नइस्थित एमए चिदमबरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।
विश्वकपअन्तर्गत न्यूजिल्यान्ड र बंगलादेश दुवैले तेस्रो खेल खेल्दैछन् । यसअघि न्यूजिल्यान्डले दुवै खेलमा जित हात पार्दा बंगलादेशले भने एक खेल जित्दा एक खेलमा पराजय भोगेको थियो ।
यसअघि बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिकाको जितमा क्विन्टन डी ककले १ सय ९ रनको शतकिय इनिङ्स खेले ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया