सन्दीप लामिछानेले किन भने- 'क्रिकेट खेल्दिनँ' ?

काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले केही दिनभित्रै महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
नेपालले घरेलु मैदानमा हुने आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोट खेल्दैछ । विश्वकप छनोट कात्तिक १३ देखि २० गतेसम्म काठमाडौँको मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
विश्वकपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’ मा भने यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
नेपालमा हुने छनोटअन्तर्गत फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
विश्वकप छनोटअघि नेपालले यूएई र हङकङसँग असोज ३० देखि कात्तिक ९ गते त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।
तर त्रिकोणात्मक सिरिज र विश्वकप छनोटअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भने आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएका हुन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
उनीमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनीमाथि दायर गरिएको मुद्दा लामो समयदेखि पटक-पटक फैसलाकाे पेसी सर्दै आएकाे छ । हिजाे तोकिएको पेसीमा पनि सुनवाई हुन नसकेपछि उनी निरास भएका हुन् ।
लामिछानेले अहिले आफू निकै कठिन समयबाट गुज्रिरहेको तथा अहिले परिवारसँग समय बिताउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया