कोशी विवाद : कांग्रेस संसदीय दलको बैठक बस्दै, होला त शेखर समूहमाथि कारवाही ?

काठमाडौं- कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र किचलो थप बढेको छ ।
कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समूहले विद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारवाही गर्नेसम्मका कुरा सुरु भएका छन् ।
कोशी सरकारको भावी नेतृत्वका लागि डा. शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेपछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समूहले गरेको विद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाइएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारवाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाइएको छ । तर, कार्की समूहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारवाही गर्न नसक्ने जनाउँदै आएका छन् ।
त्यसमाथि केपी ओली सरकारमाथि परमादेश दिँदा नै ह्वीप नलाग्ने बिषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारवाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने बताउँदै आएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया