भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिनाजानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सिंहले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा बिनाजानकारी आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका हुन् । उनले यसमा सरकारको नालायकीपन देखिएको जिकिर गरे । सरकार विदेशी प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा समेत लाचार भएको बताए । उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशमा सरकारमा जानु नहुने पक्षमा रहेको बताए ।
नेकपा एमालेका सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीले सामान्य शिष्टाचार र कूटनीतिक मर्यादाविपरीत कालापानी क्षेत्रको भ्रमण गरेको बताएका हुन् । उनले मोदीको यस प्रकारको भ्रमणलाई सही भन्न नसकिने बताए । उनले भारतीय प्रधानमन्त्रीको भ्रमण नेपाल भारत सम्बन्धको विपरीत रहेको बताए । उनले कालापानी नेपाली भूमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता हुनुपर्ने भनाइ राखे ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपालले कूटनीतिक सक्रियता र भूमिकालाई बढाउनु जरुरी रहेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै यसले छिमेकी देशलाई विश्वासमा लिँदै कूटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको जिकिर गरे । उनले बरोजगारीका कारण युवाहरूमा असन्तुष्टि र निराशा बढेको भन्दै रोजगारी सिर्जना गर्न नीति निर्माणको तहबाट आफूहरू भूमिका खेल्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा देखिएका समस्या नयाँ मुख्यमन्त्री निर्वाचित भएसँगै समाधान हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महाकाली क्षेत्रको भ्रमण औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए । उनले राजकीय भ्रमणका रूपमा नेपाली भूमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने भन्दै उनले व्यक्तिगत भ्रमणका बारेमा जानकारी गराउनु नगराउनु उनीहरूकै कुरा भएको बताए । उनले नेपाल–भारतबीचमा रहेका समस्याहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि बताए ।
खतिवडाले राष्ट्रिय प्रजातन्त्र पार्टी सातै प्रदेश सरकार र संघीय सरकारमा पनि आउने विश्वास व्यक्त गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया