हेटौंडा अस्पतालमा मनाेचिकित्सा वार्ड सञ्चालन

मकवानपुर- हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावितका लागि मनाेचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरूलाई लक्षित गरी २५ बेडकाे मनोचिकित्सा वार्ड सञ्चालन गरेको हो ।
मनाेचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका छन् । ‘हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रूपमा विकास गरिनेछ,’ उद्घाटनपछि मन्त्री जोशीले भने, ‘मानसिक स्वास्थ्यका कारण आत्महत्या बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको हाे ।’
प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप गरिएकाे छ, अन्य सेवा पनि थप गर्ने योजनामा अस्पताल प्रशासनले काम गरिरहेकाे जानकारी दिए ।
मनाेचिकित्सा वार्ड सञ्चालनमा आएपछि महंगो मूल्यमा निजी स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने समस्या हट्ने बताइएकाे छ । प्रतिष्ठानका रजिष्ट्रर राजेश प्रसाईले यसअघि ओपिडीबाटै मानसिक समस्या भएका बिरामी उपचार गरिँदै आएकोमा वार्ड सञ्चालनपछि उपचार गर्न सहज हुने बताए ।
अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसंगै मकवानपुरसँगै आसपासका बिरामीलाई सहज हुने भएको छ । गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपिडी मार्फत् सेवा प्रवाह गर्दै आएको अस्पताल प्रशासनले जनाएकाे छ ।
हाल सेवा विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताए ।
प्रतिष्ठानमा हाल पढाइ भइरहेकाे विषयका साथै चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञका लागि शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ । आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रूपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रसाई बताउँछन् ।
प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनर्स्थापना केन्द्र स्थापनाको तयारी समेत भइरहेको छ । अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपिडी सेवा सञ्चालन गर्ने जनाएको छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया