अफगानिस्तानका १६ प्रान्तमा विद्यालयहरू बन्द

काबुल : अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालयहरू कोभिड १९ को प्रभावका कारण बन्द गरिएको छ । यहाँको सरकारले शनिबार सो घोषणा गरेको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका ३४ ओटा प्रान्तमध्ये १६ ओटा प्रान्तका सम्पूर्ण विद्यालयहरु शनिबारदेखि बन्द गराएको छ ।
अफगानिस्तानको सरकारले शनिबार यस विषयमा जानकारी गराएको हो । यहाँका १६ ओटा प्रान्तका विद्यालय तथा विश्वविद्यालयहरू बन्द गरिएको छ । यहाँका ती प्रान्तहरूमा पछिल्लो समयमा कोभिड १९ को असर झन् बढ्दै जान थालेपछि सो निर्णय गरिएको हो । अफगानिस्तानमा पछिल्लो समयमा कोभिडको प्रभाव झन् बढ्दै गएको छ ।
अधिकारीहरूले दिएको जानकारी अनुसार अफगानिस्तानमा कोभिडका संक्रमितको संख्या शुक्रबार सम्म ७० हजार भन्दा बढी पुगेको छ । शुक्रबार मात्र यहाँ ९७७ जना नयाँ संक्रमित भेटिएका थिए ।
यो संख्या अफगानिस्तनमा गत वर्षको फेब्रुअरीदेखि शुरु भएको संक्रमणको सबैभन्दा बढी हो । यहाँ एकै दिन यतिधेरै संख्याका संक्रमित भेटिएपछि सरकारले आज शनिबारदेखि देशको आधाभन्दा बढी क्षेत्रका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराएको हो । (रासस)

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया