कर्णालीमा ट्राफिक सचेतनाका लागि लालटिन अभियानको शुभारम्भ

सुर्खेत । कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतनाका लागि लालटिन अभियानको शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्त कार्यक्रमको शुभारम्भ गरेका छन् । सुरक्षित कर्णालीको विशेष अभियान अन्र्तगत उक्त कार्यक्रमको सुभारम्भ गरिएको हो । यस अभियान अन्तरगत ट्राफिक सचेतनाका कार्यक्रमलाई जोड दिइन्छ । त्यसैगरी पीडितमैत्री कार्यक्रमहरु तथा उनीहरुलाई न्यायको पहुँचमा ल्याउनको लागि विशेष जोड दिइने जनाइएको छ ।
पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानन्त्री खड्काले केही महिनादेखि सुरु भएको कर्णाली सुरक्षित विशेष अभियान प्रभावकारी बनेकाले देशभर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । उनले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताए ।
‘पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतीपूर्ण छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ ।’ उपप्रधानमन्त्री खड्काले जनता देशका मालिक र जनप्रतिनिधि तथा कर्मचारी सेवक हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पुर्याउने बताए ।
उनले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा हुने भन्दै प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री खड्काले संविधानमार्फत जनता सार्वभौमसत्ता सम्पन्न भएको बताउँदै सेवा प्रवाह पनि सोहीअनुसार सेवाग्राही मैत्री बनाउनुपर्नेमा जोड दिए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया