राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट

मकवानपुर - प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजना गिरने राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट गरिएको छ । उत्कृष्ट २० कविताका साथै कविहरुको समेत नामावली सार्वजनिक गरिएको हो ।
आश्विन ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिरहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख, भक्तपुर, तनहुँ, काठमाण्डौं, धादिङ, रौतहट, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका १/१, गोरखाका २ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेका प्रदेश युवा परिषद्का कार्यालय प्रमुख शारदा कुमारी मैनालीले जारी गरेको सूचनामा उल्लेख छ ।
उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा ४ मा हुने प्रतियोगितामा प्रथम हुने कविले ४० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने बताइएको छ ।
यसैगरी कविता वाचनको अवसरमा ‘नयाँ पुस्तामा कविता क्रेज’ विषयक बहस कार्यक्रम गरिनेछ । यसका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्र समेत हुने साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलाले बताए । मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू प्रदर्शनीमा राखिने समेत बर्तौलाले जानकारी दिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया