कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला

अछाम - अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।
नगर कार्यपालिकाले हालसम्म पनि बजेट पारित हुन नसकेको र राजनीतिक दलहरूले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्तरुपमा ताला लगाएका हुन् । नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
तालाबन्दी भएको छ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन् । यही असोज २६ गते नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले राससलाई बताए ।
अछामका सबै पालिकामा बजेट पारित भएको महिनौँ बितिसक्दा पनि कमलबजार नगर कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै बजेट पास भएको छैन । कार्यपालिकामा एमालेको बहुमत छ ।
रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया