आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ.व २०८०/८१ को समितिको बजेटमाथि छलफल र सविता नायकको उजुरी सम्बन्धमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारबाही सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसदमा महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र नेपाल सरकारका लेखा उत्तरदायी अधिकारीहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बंलादेशको कृषिबाली अवलोकन भ्रमण, सुपारीको खेती गर्ने किसान र उद्योगीको समस्या, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छलफल सम्बन्धमा छलफल हुनेछ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया