नेपालमा ५० वर्षभन्दा माथिका २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर
पुरुषको तुलनामा महिला दृष्टिविहीनता बढ्दाे

काठमाडौँ- नेपालमा ५० वर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर रहेको पाइएको छ । विश्व दृष्टि दिवसका सन्दर्भमा मंगलबार काठमाडौँमा गरेको एक कार्यक्रमको आयोजना गर्दै तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० वर्षमाथिका २० प्रतिशतमा दृष्टि कमजोर पाइएको जनाएको हो ।
त्यस्तै दृष्टिविहीन गराउने रोगहरूमा मोतियाविन्दु नै पहिलो कारण रहेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा चिकित्सकहरूले चस्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले गर्दा दृष्टि दोष मुख्य समस्याका रूपमा रहेको समेत जानकारी दिएका छन् । पुरुषको तुलनामा महिला दृष्टिविहीनता बढेको र नेपालको अपाङ्गताहरूमा दृष्टिगत अपाङ्गता मुख्य रहेको तिलंगगा अस्पतालका डा सृजना अधिकारीले बताइन् । पाँच जना दृष्टिविहीन बालबालिका मध्ये उपचार पाए ४ जनाको दृष्टि फिर्ता ल्याउन सकिने भए पनि समयमा नै उपचार हुन नसकेको उनले बताए ।
त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र विशेषज्ञ डा रिता गुरुङले अहिले मुलुकभरका स्वास्थ्य संस्थामा आँखा सम्बन्धी चिकित्सकहरूको कमी नभएको बताइन् ।
अक्टोबर महिनाको दोश्रो बिहीबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले विश्व दृष्टि दिवस मनाउँदै आएको छ । यस वर्षको विश्व दृष्टि दिवस 'कार्यस्थलमा आँखालाई माया गरौँ' भन्ने नारासहित मनाइँदै छ ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया