निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गीय गौचनको छैठौ स्मृति दिवस मनाइयाे

कैलाली । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको छैठौ स्मृति दिवस मनाइएको छ ।
निर्माण व्यवसायी संघ कैलालीले आयोजना गरेको स्मृति दिवसमा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष लक्ष्मण बहादुर स्वारले स्वर्गीय गौचनको तस्बिरमा माल्यार्पण गर्दै निर्माण व्यवसायीले असल अभिभावक गुमाएको बताए ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार टेकबहादुर सेठी, केन्द्रीय सदस्यद्वय किशोर ठकुराठी, दिनेश सिंह र निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेकबहादुर मल्ल लगायतको उपस्थितिमा स्मृति दिवस मनाइएको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेत जन्मकैदको सजाय भोगिरहेका छन ।
काठमाडौं जिल्ला अदालतले गौचनको हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो । गौचनलाई २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा घरबाट अफिस जादैगर्दा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया