एमाले सुदूरपश्चिम : अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं– सहमतिको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट नेतृत्व चुन्न होमिएको एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाले अध्यक्षताका लागि उम्मेदवारी दर्ता गरेका छन् । तालिकाअनुसार आज भएको उम्मेद्वारी तालिकामा चार जनाले दर्ता गरेका हुन् ।
अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। सिंह कञ्चनपुरका हुन् भने बाँकी उम्मेदवार सबै अछामका हुन् ।
निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोके पनि अहिलेसम्म दर्ता भइरहेको छ । उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया