शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

इजरायलमा ज्यान गुमाएका नेपालीको मृत्युप्रति भारतीय राजदूतद्वारा दु:ख व्यक्त

फाइल फोटो

काठमाडौं -  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका हुन्। पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्।

उनले यस दुखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश पनि दिएका छन्।