विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो । त्यसअघि बैठकमा विधेयकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतको उत्पादनसंगै आन्तरिक खपतलाई प्रोत्साहन गर्ने र खपतपछि बचत भएको विद्युतमात्र निर्यात गर्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए । उनले विद्युत् क्षेत्रको कार्ययोजनामा लगानी, उत्पादन, वितरण र व्यवस्थापनका प्रावधान समेटिएको जानकारी दिए ।
विधेयकलाई पूर्ण बनाउन छलफलका आएका विषयहरूलाई सरकारले महत्वका साथ हेरेको उनको भनाइ छ ।
विद्युत् विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नका लागि ७२ घण्टाको समय तोकिएको छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया