उखु किसानले सरकारले घोषणा गरेको अनुदान रकम पाएनन् : अब्दुल खान
काठमाडौँ–प्रतिनिधिसभा सदस्य अब्दुल खानले सरकारले उखु किसानलाई घोषणा गरेको अनुदान नपाएको भन्दै गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उखु किसानले सरकारले घोषणा गरेको अनुदान नपाएको जानकारी गराएका हुन् ।
‘नेपाल सरकारको मन्त्रिपरिषद्को माघ ४ गतेको निर्णय अनुसार उखुको मूल्य छ सय १० निर्धारण गरिएको थियो,’ उनले भने, ‘उखु सम्बन्धी कार्यविधिको पहिलो र दोस्रो संसोधन अनुसार ५ सय ४० रुपैयाँ उखु मिल र ७० रुपैयाँ नेपाल सरकारले कृषि अनुदान दिने निर्णय कार्यविधिले गरेको थियो । तर हालसम्म उखु किसानले सरकारको अनुदान प्राप्त गरेका छैनन् । त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
सांसद खानले इजरायलमा अलपत्र नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेका छन् । यस्तै उनले शिक्षा विधेयकमा मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा राख्न पनि माग गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया