इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने माओवादी संसदीय दलकाे निर्णय

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारको पहल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले इजरायलमा मृत्यु भएकाहरूको शव छिटो ल्याउन र नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि सरकारसमक्ष पहल गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले इजरायल घटनामा घाइतेको उचित उपचार र मृत्यु भएकाको शवका साथ उद्धारका लागि पर्खाइमा रहेका नेपालीहरूलाई छिटो स्वदेश ल्याउन आवश्यक तयारी भइरहेको जानकारी गराएका थिए ।
त्यस्तै संसदीय दलको बैठकले शिक्षा सम्बन्धी विधेयकमा गठबन्धनबीच छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकले सरकारको निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव नेपाल आउने र आगामी २७ गते शनिबार संघीय संसद्लाई सम्बोधन गर्ने भएकाले आवश्यक तयारी गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले संसद्को चालू अधिवेशनको अन्त्यपछि पार्टीका सांसदहरू आफ्नो कार्यक्षेत्रमा गएर सरकारले गरेका कामहरूलाई जनतामाझ जानकारी गराउने निर्णय पनि गरेको पाण्डले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया