जिल्ला अदालत काठमाडौँमा आजबाट पारिवारिक इजलास सुरु
काठमाडौँ– जिल्ला अदालत काठमाडौँमा आजबाट पारिवारिक इजलास सुरु भएको छ । सोमबार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गरेकोमा खुसी व्यक्त गरे ।
उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उनले पारिवारिक इजलासले महिला र बालबालिकावादी मुद्दाको छिनोफानो चाँडो टुंग्याउने भन्दै आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने बताए । उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरू ले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न आग्रह गरे ।
‘काठमाडौँ जिल्ला अदालतमा दुई वटा पारिवारिक इजलास राख्ने भन्ने कुरा संसदीय सुनुवाइ समितिमा भनेको थिएँ । त्यो आज मूर्त रुप दिन पाउँदा मलाई खुसी लागेको छ । पारिवारिक इजलासको महत्व किन हुन्छ भने यसमा हामी महिलावादी भएका अंश मुद्दा, नाताका मुद्दाहरू , घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाह सम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरू लाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो,’ उनले भने, ‘यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलो पटक नै हो । यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्न सक्छ भन्ने उद्देश्य हो । काठमाडौँ जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ तथापि उहाँहरू लाई प्राथमिकता दिन नसकेर, उहाँहरूलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामाकरणबाट गरिएको छ।’
उनले अगाडि भने, ‘यसले महिलाहरू को लागि केही न केही भए पनि जुन कानुनमा समस्या परेर आउनेका लागि छिटो छरितो र विश्वास गर्न सकिने न्याय आशा छ । यो इजलासमा बस्ने न्यायाधीशहरूले यो मक्सदलाई पूरा गर्ने दृष्टिकोणबाट हेर्नुहोला । यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ ।’
प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्धविच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया