एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलेमतो छ : ओली

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।
सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लीन रहेको र बाहिर भ्रष्टाचार अन्त्य गर्छौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाइ छ । उनले एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलेमतो रहेको बताए ।
सरकारले भ्रष्टाचारी र तस्करी गराएको अरोप लगाए । त्यही कारण एक क्विन्टल सुन प्रकरणमा छानबिन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए ।
ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारबाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए ।
जनता आर्थिक मन्दीको मार खेपीरहेको बेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीकाे आरोप छ । ‘कहिले गेरु वस्त्र धारी भएका छन्, कहिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिनप्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया