थुनिएको किम्रोङ खोला बग्न थाल्यो, ठूलो ताल बनेकाले सर्तकता अपनाउन आग्रह

पर्वत- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ ।
गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो ।
आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।
खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताए ।
प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताए ।
“केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ । तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ” अन्नपूर्ण–११ का वडाध्यक्ष गुरुङले बताए । किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो । रासस

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
एक सय रोपनीमा अकबरे खुर्सानी खेती
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_q4dfFlTa27_t9upkfeocq88q6qzaiucal6qtggxisizkih5onfyxcxagkbv0mhjch9betz3.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

प्रतिक्रिया