परराष्ट्र मन्त्रालयले इजरायल आक्रमणबारे सदनलाई जानकारी गरायो, केही नेपाली हताहत भएको आशंका

काठमाडौँ– परराष्ट्र मन्त्रालयले इजरायल आक्रमणबारे सदनलाई जानकारी गराएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि गरेको श्रृंखलाबद्ध आक्रमणबारे सदनलाई जानकारी गराएका हुन् । मन्त्री साउदले आक्रमणमा परेर केही नेपालीको हताहत भएको हुनसक्ने पनि बताए ।
उनका अनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका छन्।
त्यस्तै, इजरायलमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४७ मध्ये १७ नेपाली दक्षिणी इजरायलको ‘किबुज अलुमिम’ भन्ने स्थानमा अध्ययनरत थिए ।
उनले १७ नेपालीमध्ये दुई सकुशल छन् रहेको र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताए । बाँकी १२ मध्ये केही सम्पर्कमा नरहेको र केहीको हताहत भएको हुनसक्ने उनले सदनलाई जानकारी गराए । यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए ।
शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न शहरमा आक्रमण गरेका थिए । इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमास समूहले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो । उक्त हमलामा ४५० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया